चैत्र २१, काठमाण्डौं—तेस्रो दक्षिण यसिया मानब अधिकारका लागी युवा अन्तराष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरुहुँदै छ । हलचोक स्थीत सशत्र प्रहरी बलको मुख्यालयमा विहान ११ बजे संचारमन्त्रि मिलेन्द्र रिजालले सम्मेलनको उद्दघान गर्ने कार्यक्रम रहेको छ । युथ फर हुम्यान राईटसद्धारा आयोजित सम्मेलनमा २ सय युवाहरुको सहभागिता रहने छ । भोली सम्म सञ्चालन हुने सम्मेलनमा मानबअधिकारको विश्व व्यापी घोषणा पत्र सम्बन्धी चर्चा गरिने भएको छ ।
