आज देखि लोडसेडिङको समय परिवर्तन (तालिका सहित)

चैत्र २१, काठमाण्डौं—आजबाट विद्युत प्राधिकरणले लोडसेडिङको समय परिवर्तन गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्दोक्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण तालिका परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेगरी तालिका सार्वजनिक गरेको छ । यसअघि दैनिक ९ घन्टा लोडसेडिङ हुँदै आएको थियो । यो तालिका अनुसार सातामा ६७ घन्टासम्म हुने विद्युत् कटौती अब सातामा ५९ घन्टामात्र हुने भएको छ ।
जलस्तर कम भएपनि कुलेखानी जलाशयको पानी सञ्चिती अनुकुल रहेकाले लोडसेडिङ केही कम गरिएको प्राधिकरणले जनाएको छ ।