रोनाल्डो र मेसीलाई हराउँने नेमारको बाजी

चैत्र २१, काठमाण्डौं -म्याड्रिड र वर्तमान समयमा अर्जेन्टिनी लियोनल मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच श्रेष्ठताको होडबाजी चलिरहेको छ । पछिल्लो सात वर्षमा फिफा वर्ष खेलाडीमा रोनाल्डो वा मेसीमध्ये एकले बाजी मारेका छन् । यसकारण दुईमध्ये को श्रेष्ठ भन्ने चर्चा चल्ने गरेको पाइन्छ । मेसी र रोनाल्डोको जादु चलिरहँदा अन्य खेलाडी उनीहरुको नजिक नै पुग्न नसक्ने युरोपियन सञ्चारमाध्यमले जनाउने गरेका छन् ।

तर, म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले मेसी र रोनाल्डोलाई ब्राजिलयन युवा स्ट्राइकर नेमार जुनियरले विस्थापित गर्ने दावी गरेका छन् । ‘मेसी र रोनाल्डोलाई टक्कर दिने केबल नेमार नै हुन्, उनीबाहेक अन्य खेलाडीसँग त्यो क्षमता छैनन्,’ फर्गुसनले भने । फर्गुसनले रायन गिग्स, डेभिड बेकह्याम तथा रानाल्डोजस्ता उत्कृष्ट फुटबलरलाई विश्वलाई दिलाएका हुन् ।

बेकह्याम र रोनाल्डोले लामो समय इंग्लिस क्लब म्यानचेस्टरमै बिताएका थिए । यी दुवै खेलाडीलाई निखार्ने काम प्रशिक्षक फर्गुसनले गरेका थिए । ‘जसरी बेकह्याम र रोनाल्डो फुटबलमा आफ्नो छाप राख्न सफल भएका छन् ।अहिले फुटबलको रोनाल्डो र मेसीको आसपासमा रुमलिएको छ।

जब उनीहरुको दिन समाप्त हुन्छ, त्यसपछि नेमारबाहेक अन्य खेलाडी चर्चामा आउने छैनन्, फर्गुसनले भने, अबको स्टार नेमार नै हो । दुई वर्षअघि नेमार ब्राजिलयन क्लब सान्तोषबाट बार्सिलोनामा आबद्व भएका थिए । युरोपियन बजारमा नेमारले आफ्नो स्तर उकास्न नसकेको टिप्पणी उनले गरेका छन् । कार्यन म्युनिख, बार्सिलोना, रियल तथा युनाइटेड भविष्यका स्टार खेलाडीलाई जन्माउने क्लबका रुपमा फर्गुसनले जनाए ।