समिति गठन गर्न संसद बैठक

चैत २६, काठमाण्डा –व्यबस्थापिका संसदले आज विभिन्न दशवटा संसदीय समिति गठन गर्ने भएको छ । संविधानसभा भवन नयाा बानेश्वरमा बिहान ११ बजे बस्ने संसद बैठकले संसदीय समिति गठन गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । सांसदहरुले प्रभावशाली समितिमा बस्न इच्छा प्रकट गरेपछि यसअघि समिति गठन गर्ने कार्यसूची हटाइएको थियो । आजको संसद बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक टेबल गर्ने सरकारको तयारी पनि जनाइएको छ । यद्धपि विधेयकका कतिपय प्रावधानमा सहमति जुटन नसकेका कारण आज पेश हुने संभावना न्यून रहेको बताइएको छ ।