चैत्र २५, नुवाकोट– नुवाकोट र रसुवामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । नुवाकोटमा करेण्ट लागेर र रसुवामा लेक लाग्दा एक–एकजनाको मृत्यु भएको हो । नुवाकोटको विदुर नगरपालिका र चारघरे गाविसको सीमाना डाडागैरामा विद्युतको हाइभोल्टेजको करेण्ट लागेर चारघरे– ५ का ५० वर्षीय रामप्रसाद रिमालको घटनास्थलमै मृत्यु भएको हो । ११ हजार भोल्टेजको विद्युतको लाइनबाट चुडिएको तारले रिमाललाई करेण्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । विद्युत तार चुडिएको लामो समयसम्म पनि मर्मत नगर्नु विद्युत प्राधिकरणको लापरवाही भन्दै दुर्घटना पछि स्थानीयवासीले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । घटनाको बिरोधमा स्थानीयले त्रिशुली बजारमा विरोध प्रदर्शन समेत गरेका छन् । यस्तै, रसुवाको लाङटाङ घुम्न गएका काठमाडौ बनस्थलीका २४ वर्षीय सीताराम कार्कीको लेक लागेर मृत्यु भएको छ । स्याफ्रुवेसी गाविसको लाङटाङ खोलामा पुग्दा अत्याधिक चिसोले कार्कीको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
