प्रधानन्यायाधीश नियुक्तिको सुनुवाइ हुदै

damodar sharma1111चैत २६, काठमाण्डा–संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दामोदर प्रसाद शर्मासंग संसदीय सुनुवाई विषेश समितिले आज सुनुवाइ गर्ने भएको छ । शर्मालाई सुनुवाइको लागि बोलाउने बारेमा अहिले केही बेरमा व्यवस्थापिका संसदको संसदीय सुनुवाई विषेश समितिको बैठक बस्दैछ । यसअघि सोमबारको लागि बोलाइएको बैठक अन्तिममा आएर स्थगित भएको थियो । सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्तिमा सिफारिस गरिएका शर्मालाई आजै सुनुवाईको लागि बोलाउने बारेमा निर्णय गरिने समिति सदस्य प्रमे बहादुर सिंहले जनकारी दिनुभयो । बैठकमा संसदीय सुनुवाईको अन्तरिम आन्तरिक कार्यविधि बारेमा छलफल गरी निर्णयमा पुगिने बताइएको छ । सर्वोच्चको न्यायधीश नियुक्ति प्रक्रिया अघि बढाउन ढीलाई हुने भन्दै समितिले शर्माको हकमा द्रुतगतिमा सुनुवाइ कार्याविधि तयार गरेको थियो । कार्यविधिमा केही मतभेद रहेकोले आजको बैठकमा निर्णयमा पुगेर सुनुवाईको लागि बोलाउन लागेको हो । प्रधानन्यायाधीशमा प्रस्तावित शर्माविरुद्धमा दुईवटा उजुरीहरु परेको व्यवस्थापिका संसद संसदीय सुनुवाई समितिले जनाएको छ । संबैधानिक परिषदले यही चैत १७ गते शर्मालाई प्रधानन्यायधीशमा सिफारिस गरेको थियो ।