नेपाल बैंकको नाफा पौने ३९ करोड रुपैयाँ

माघ २९,काठमाडौं -नेपाल बैंक लिमिटेडले चालु बर्षको पहिलो ६ महिनामा ३८ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष यतिबेला बैंकको नाफा २६ करोड २२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी २८ करोड रुपैयाँले बृद्धि गरेसँगै बैंकको नाफामा बृद्धि भएको हो । बैंकले एक अर्ब १० करोडको खुद ब्याज आम्दानीलाई बढाएर एक अर्ब ३८ करोड ६६ लाख रुपैयाँ पुर्याएको हो । बैंकको खराव कर्जाको मात्रा पनि ५।८३ प्रतिशतबाट घटेर ४।६२ प्रतिशतमा आएको छ । बैंकले यो अवधिमा डुबेको ऋणमध्ये १५ करोड ४३ लाख रुपैयाँ राइटब्याक गरेको छ । बैंकको स्प्रेड दर ४।१७ प्रतिशत र आधार दर ७।१० प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५।५२ रुपैयाँ छ ।