नेपाल टेलिकमको नाफा प्रत्येक महिना अर्ब

माघ २९, काठमाडौं -मुलुककै सबैभन्दा मोवाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले चालु बर्षको पहिलो ६ महिनामै खुद नाफा सत् प्रतिशत वढीले बृद्धि गरेको छ । कम्पनीले ६ अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो पुसमा कम्पनीको नाफा ३ अर्ब २३ करोड रुपैयाँ थियो । कम्पनीले सेवा बिक्रीबाट मात्रै १८ अर्ब ६ करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो बर्षको तुलनामा झन्डै दोब्बर हो । अन्य आम्दानीहरु पनि एक अर्ब ८३ करोड रुपैयाँ गरेको छ । कम्पनीले कुल खर्च भने १० अर्ब ५४ करोड रुपैयाँ गरेको छ । कम्पनीले दुई अर्ब ७३ करोड व्यक्तिगत खर्च, सञ्चाल तथा मर्मत संभार तीन अर्ब ३३ करोड, प्रशासनिकमा ९८ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ ।