दूरसञ्चार क्षेत्रमा सहकार्य गर्न भियतनाम इच्छुक

चैत्र २१,काठमाडौ–भियतनामले नेपाल सरकारसाग मिलेर दूरसञ्चारको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको छ । भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङले आज परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग उहााकै कार्यकक्षमा भएको भेटवार्तामा आफ्नो मुलुकको चाहना व्यक्त गर्नुभएको हो । भेटवार्तामा आफूहरुबीच नेपाल–भियतनाम सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको जानकारी मन्त्री पाण्डेले दिनुभयो । रासससाग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पाण्डेले नेपालसाग व्यापार वाणिज्यको क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न भियतनामले रुचि देखाएको स्पस्ट पार्नुभयो ।भियतनाम र नेपालको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको जानकारी दिादै मन्त्री पाण्डेले उल्लेख गर्नुभयो । दुवै देशबीच सरकारीस्तरमा विद्यमान सुमधुर सम्बन्धलाई जनस्तरमा पनि अझ सुदृढ तुल्याउन आफूहरुबीच सहमति भएको मन्त्री पाण्डेको कथन थियो ।