छोरीलाई बलात्कार गर्ने धम्की दिने जोडी तारिखमा रिहा

माघ २२,काठमाडौँ -सार्वजनिक मुद्धा खेपेका चर्चित जोडी धरौटीमा रिहा भएका छन् । विज्ञापन तथा म्यूजिक भिडियो कम्पनी सञ्चालक हर्षवर्दन साहनीलाई मोबाइलबाट गाली गर्दै ‘छोरीलाई बलात्कार गरिदिने’ धम्की दिएर पक्राउ परेका मोडल साहाना बज्राचार्य तथा भिजे सुरज गिरी धरौटीमा छुटेका हुन् ।  सुरजले २५ हजार र साहाना १५ हजार धरौटी तिरेर छुटेको हनुमान ढोकाले जनाएको छ ।

जिल्ला प्रदान कार्यालय, काठमाडौंमा मुद्धा चलिरहेको छ । सुरज र साहना विरुद्ध हनी कम्पनीका सञ्चालक हर्षवर्धन साहनीले गाली गलौज तथा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरी प्रशासनले सुरज र साहनालाई पक्राउ गरी अनुसन्धानको लागि थुनामा राखेको थियो ।