आवेशको राजनीति नगर्न एमाओवादीलाई एमाले अध्यक्ष ओलीको सुझाव

माघ २२,काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई जोडतोडका साथ आवेशको राजनीति नर्गन सुझाव दिएका छन्  । प्रेस चौतारी नेपालको १७औं स्थापना दिवसको अवसरमा आज अध्यक्ष ओलीले संविधान निर्माणमा एमाओवादी बाधक रहेको भन्दै प्रक्रियाबाटै संविधान जारी हुने हुँदा माओवादीलाई अनावश्यक पैठाजोरी नखोज्न उनले चेतावनी समेत दिएका छन् ।

सो  अवसरमा उनले एमाओवादीको जबर्जस्तीका अगाडि घुँडा नटेक्ने भन्दै संविधानसभाका दुई तिहाइ सभासदले थालेको प्रक्रियालाई कसैले रोक्न नसक्ने समेत ठाडो चुनौती दिए । संविधानसभाबाटै अधिकतम् सहमतिको प्रयास गरी यथाशीघ्र संविधान जारी गरिने ओलीको भनाई रहेको छ ।