फेरि आँखामा धुलो हाल्ने कोशिस हुदैछ : डा. भट्टराई

माघ १७,काठमाडौं- एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आ“खामा छारो हाल्ने कोशिस हु“दै गरेको भन्दै त्यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभएको छ । उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको आज उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक–अधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्र भइराखेको बताउनुभयो । त्यस्तो षड्यन्त्रविरुद्ध संघर्ष आवश्यक रहेको उहा“ले बताउनुभयो ।

जनयुद्ध र ६२÷०६३ को जनआन्दोलन लगायतका विभिन्न आन्दोलनको बलमा पुरानो सामन्ती राजतन्त्रात्मक एकात्मक राज्यलाई बदलेर सबै वर्ग, जाति र समुदायको साझा देश बनाउन यो परिवर्तन भएको बताउनुभयो । त्यसैको निम्ति संविधानसभाबाट सबैको अधिकार सुनिश्चित हुने गरी नया“ नेपाल बनाउने नया“ संविधान लेख्ने प्रयत्नमा रहेको भन्दै ‘तर, देशका केही टाठा–बाठाहरुले विभिन्न तर्क गरेर, अनेक जालसा“जी गरेर त्यस्तो संविधान बन्न नदिएको नेता भट्टराईले बतउानु भयो ।
उनीहरुले संविधान बनाए पनि उही पुरानै २०४७ सालको संविधानको गातामात्रै फेरेर जारी गर्न खानेजेको तर्क गर्दै आ“खामा फेरि छारो हाल्ने कोशिस भइरहेको बताउनु भयो ।

गुरुङहरुको बसोबास रहेको उत्तरी गोरखाको उहियामा नेता भट्टराईले आफ्नो पहिचानको आन्दोलनमा सहभागी हुन पनि आग्रह गर्नुभयो । ‘शोषक वर्ग र शोषित वर्गको बीचमा ठूलो मनोवैज्ञानिक चिन्तनगत फरक रहेको उल्ल्ेख गर्दै शोषकहरु शासक पनि हुने भएकोले अनेक कूतर्क र ढा“टछल गर्ने जानेकोले सचेत हुनुपर्ने बताउनु भयो ।

आफ्नो हक–अधिकारका निम्ति सबै उत्पीडितहरुले अहिले संघर्ष गर्नु जरुरी रहेकोमा जोड दि“दै नेता भट्टराईले आदिवासि जनजातिहरुले आफ छोरा–छोरीहरुले दिएको बलिदानबाट ल्याएको संविधानसभाबाट हक–अधिकार र पहिचान सुनिश्चित हुनेगरी संविधान बन्छ कि बन्दैन भन्नेमा गम्भीर चासो राख्नुपर्ने बताउनु भयो । संविधान नै नभएर नया“ संविधान बनाउन खोजिएको नभइ सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक–अधिकार सुनिश्चित हुनेगरी संविधान लेख्नका लागि नै अहिले संविधानसभा गठन गरिएको नेता भट्टराईले बताउनुभयो ।