हतियार विशेषज्ञलाई मारेको दाबी

माघ १७,काठमाडौं- अमेरिकाले इराक र सीरियामा सक्रिय विद्रोही संगठन इस्लामिक स्टेट (आईएस)को रासायनिक हतियार विशेषज्ञलाई मारेको दाबी गरेको छ । अमेरिकी सेनाले इराकमा गरेको हवाई हमलाबाट अबु मालिकको मृत्यु भएको र उनी आईएस लडाकूको रासायनिक हतियार विशेषज्ञ रहेको दावी गरेको हो ।

अबु मालिकको मृत्युले रासायनिक हतियार विकास गर्ने आईएस लडाकूको योजनामा धक्का लागेको दाबी अमेरिकाले गरेको छ । अबु मालिकले इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको पालामा रासायनिक हतियार विशेषज्ञको रुपमा काम गरेका थिए । अमेरिकी गठबन्धन सेनाले सीरिया र इराकका आईएस लडाकु प्रभाव क्षेत्रमा कारवाही गर्दै आएको छ । एजेन्सी