राजधानीका ९ स्थान निषेधित क्षेत्र

माघ ५,काठमाडौँ – संविधान जारि गर्ने अन्तिम मिति नजिकिएका बेला विभिन्न संघ÷संस्थाले विरोधका कार्यक्रम बढाउदै लगेपछि सरकारले आजबाट लागु हुने गरी उपत्यकाका संबेदनशील क्षेत्रहरुमा निषेधीत क्षेत्र लागु गरेको छ।

जिल्ला प्रशासन कार्यालयले संविधानसभा भवनको आसपासमा कडाइकासाथ निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला सुरक्षा समितिको सिफारिसमा सरकारले राजधानिका ९ स्थानमा धर्ना, जुलुस, आमसभा, कोणसभा र मसाल जुलुस जस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।
विस्तारित निषेधीत क्षेत्रमा सिंहदरबार आसपासको क्षेत्र , जिल्ला अदालत प्रवेस मार्गदेखी जिल्ला प्रशासन कार्यालय हुदै हनुमानस्थान मन्दिरसम्म, राष्ट्रपति कार्यालय , उपराष्ट्रपति कार्यालय , प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्र रहेका छन् । यस्तै बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको गेट देखी उत्तर रसियन दुतावास र त्यहाबाट पानी पोखरी जाने सानो बाटोसम्म निशेधित क्षेत्र घोषणा गरिएको छ ।