एमालेले कार्यकर्ता भेला बोलायो

माघ ५,काठमाडौँ – संविधान निर्माणको जटिलता बारे पार्टिीको धारणा सार्वजानिक गर्न नेकपा एमालेले आज राजधानीमा वृहत कार्यकर्ता भेला आयोजना गर्दैछ । संविधान निर्माणमा आएको जटिलता, हालसम्मको प्रगति र पार्टीको भुमिकाबारे कार्यकर्ताहरुलाई जानकारी दिन भेला बोलाएको एमालेले जनाएको छ । यसअघि उपत्यका बाहिर विभिन्न ठाउँमा भेला गरेको एमालेले उपत्यकामा एकदिने भेला गर्न लागेको हो ।

दिउँसो साढे १२ बजे प्रज्ञाभवन कमलादीमा हुने बृहत कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका बरिष्ट नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा उपत्यकाका सबै पार्टी कमिटी, संगठित सदस्यहरु, जन वर्गिय संगठनका पदाधिकारी तथा सदस्यहरु, सम्पर्क मञ्चमा आवद्ध पदाधिकारी तथा सदस्यहरुलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।