साझ सम्म सहमति हुन्छ- नेम्बाङ

माघ ५,काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले आज साँझ सम्ममा केहि उत्पात नभएमा संविधानका बिबादित बिषयमा सहमति हुने बताउनुभएको छ । आदिवासी जनजाति सभासदहरुले दिएको ध्यानकर्षण पत्र बुझ्दै अध्यक्ष नेम्बाङले अहिले सम्मको दलहरुबिचको छलफल सकरात्मक भईरहेको जानकारी दिनुभयो । नयाँ बन्ने संविधानमा पहिचान सहितको संघियतालगायतका व्यवस्था गर्न आदिवासी जनजाति सभासदहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै नेम्वाङले सहमतिमा आउने संविधानमा सबै पक्षका आवाज समेटिने बताउनु भयो ।

जनजाति महासंघका अध्यक्ष एवं सभासद नागेन्द्र कुमालको नेतृत्वका जनजाति सभासदहरुले आदिवासी जनजातिको छुट्टै संवैधानिक आयोग बनाइनुपर्ने, प्रथाजन्य कानुनलाई मान्यता दिनुपर्ने, स्थानिय श्रोत साधनको उपयोगमा अग्राधिकार,मिश्रित निर्वाचन प्रणालीमा ६० प्रतिसत समानुपातीकको व्यवस्था हुनुपर्ने लगायत माग राखेका छन् ।