हाम्रा वकिलहरु झगडा नर्गनुस हैं – प्रधानमन्त्री

फागुन २८, काठमाडौं – प्रधानमन्त्री सुशिल कोइरालाले कांग्रेसी वकिलहरुलाई झगडा नर्गन आग्रह गर्नु भएको छ । डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का नवनिर्वाचित पदाधिकारीलाई आज विहान बालुवाटारमा बधाई दिँदै नेपाली कांग्रेसका सभापति समेत रहेका कोइरालाले पार्टि निकट वकिलहरुलाई गुट उपगुटमा नलागि एकजुट भएर अगाडि बढ्न सुझाव समेत दिएका छन् । डिएलएको महाधिवेसनबाट आएको नेतृत्वले सबैलाई समेटेर समानरुपमा अगाडी लैजान प्रधानमन्त्रीले आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । उनले नवनिर्वाचित पदाधिकारीहरु अहिले मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै संविधान निर्माण कार्यका लागि दबाब दिन आग्रह समेत गरे ।