आहा रारा गोल्डकपमा आज देखि सेमिफाइनलका खेल हुदैं

फागुन २८,पोखरा– पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज देखि सेमिफाइनल खेल हुदैछन् । आज दिउसो २ बजे पछि पोखरा रंगशालामा सुरु हुने पहिलो सेमिफाइनल खेलमा आयोजक सहारा र मचिछन्द्र भिड्ने छन् । सिधा वाई पाएर प्रतियोगिताको क्वार्टरफाइनल खेलेको आयोजक सहाराले सशस्त्र प्रहरीको एपीएफलाई एक शून्यले र सिधा वाई पाएर क्वार्टरफाइनल खेलको मच्छिन्द्रले सरस्वति युवा क्लबलाई तीन शून्यले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन । सेमिफाइनलमा मनाङले नेपाल प्रहरीको बिभागीय टिम नेपाल पुलिससंग फाइनलका लागि भोली भिड्नेछ । प्रतियोगिताका विजेतालाई ३ लाख ५१ हजार र उपविजेतालाई २ लाख १ हजार रुपैयाँ साथमा ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही चैत १ शनिबार हुनेछ ।