उपत्यका प्लास्टिक झोलामुक्त हुने

पुस २३ , काठमाडौँ – सरकारले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने भएको छ । घोषणा कार्यान्वयनका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले तयारी तीव्र पारेको छ । सो अभियान वातावरण संरक्षण ऐन २०५३ मा भएका प्रावधान प्रयोग गरिने सञ्चालन गरिन लागेको मन्त्रालयले जनाएको छ ।

प्लास्टिकका झोलाले वातावरणमा नकारात्मक प्रभाव पार्ने र त्यसले मानव स्वास्थ्यलाई समेत असर गर्ने भएकाले मन्त्रालयले सो अभियान सुरु गर्ने लागेको हो । अभियानलाई सफल बनाउन व्यवस्थापिका–संसद्अन्तर्गत वातावरण संरक्षण समितिले गत भदौ १ गते आगामी वैशाखदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणाका लागि आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन दिएको थियो ।