०४७ सालकै संविधान नै ठीक छ :पूर्वराजावादी

पुस २२, काठमाडौँ – आगामी माघ ८ गते संविधान जारी हुनेमा शंका बढिरहेका बेला विभिन्न शक्तिहरुको चलखेल हुन थालेको छ ।राष्ट्रवादी नागरिक समाजले मंगलबार राजधानीको बसन्तपुरमा आमसभा गरी २०४७ सालकै संविधान ब्युँताएर लागू गर्नुपर्नेमा जोड दिएको छ ।पूर्वराजावादीहरुको सहभागिता रहेको सभाका वक्ताहरुले २०४७ सालकै संविधानलाई क्रियाशील बनाउनुपर्ने, संवैधानिक राजा र हिन्दूराज्य कायम गर्नुपर्नेमा जोड दिए ।प्रमुख दलहरु सत्ता र शक्तिको लुछाचुँडीमा रहेको भन्दै उनीहरुले माघ ८ मा संविधान जारी हुनेमा शंका व्यक्त गरेका थिए ।