दवावमा नेम्वाङ

पुस २२,काठमाडौँ–दलहरुले निर्धारित समयमा संविधान दिने लक्षण नदेखेपछि मुख फोरेर आफुलाई मस्यौता लेख्ने जिम्मा दिन आग्रह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अप्ठ्योरमा परेका छन् । उनले शुक्रबार  ४ दिने भाका दिँदै दलहरुलाई सहमति गर्न आग्रह गरेका थिए । तर ४ दिने म्याद नाघि सक्दा पनि दलहरुले अटेर गरेपछि नेम्वाङ नैतिक दववामा परेका हुन् । ४ दिनभित्रमा सहमति गर्न नसके संविधानसभाले दलहरुलाई कुरेर नबस्ने बताउनु भएका नेम्वाङ अव के गर्ने भन्ने बारेमा आन्तरिक छलफलमा समेत जुटेको बताइएको छ । यसैबिच्  आजको छलफलपछि दलहरुले नेम्वाङसँग पनि बैठक गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । दलहरुबीच सहमति नभएपछि संविधानसभाको बैठक लम्बिरहेको छ । संविधान निर्माणमा अग्रसरता लिन मागगर्दै बिभिन्न संघसंस्थाका प्रतिनिधि र सभासदले पनि संविधानसभाध्यक्षलाई भेटेर दवाव दिनेक्रम बढेको छ ।