संवाद समितिको प्रतिवेदनमा आज पनि छलफल हुने

पुस २२, काठमाडौँ–संवैधानिक राजनीतिक संवाद तथा सहमति समितको प्रतिवेदनको बारेमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा समितिको प्रतिवेदनको बारेमा बोल्न बाँकी सभासदले आआफ्नो धारणा राख्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए । शर्माका अनुसार  ४ सयभन्दा धेरै सभासदले बोल्नका लागि नाम टिपाएकोमा अव ५० जना सभासद बोल्न बाँकी छ । यसैबिच प्रतिवेदनको बारेमा छोटो धारणा राखेको अवस्थामा समितिको प्रतिवेदनमाथिको छलफल आजै सकिने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।