सत्तारुढले प्रतिपक्षी सहित चरणबद्ध छलफल गर्दै

पुस २२, काठमाडौँ–नेपाली काँग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि एकीकृत नेकपा माओवादी र मधेसी मोर्चासँग विकल्पसहित  छलफल गर्दै छ । संविधानका विवादित विषयमा सहमति गर्न प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुले आज पनि दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्ने  वालुवाटार निकट स्रोतले जनाएको छ ।

प्रधानप्रधानमन्त्रीको सरकारी निवासमा आज हुने छलफलमा एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले हिजो पेस गरेको नौबुँदे प्रस्तावमा छलफल हुने  बताइएको छ । सत्तारुढ दलका तर्फबाट गत कात्तिकमा पेस भएको नौबुँदे प्रस्ताव र एमाओवादी नेतृत्वको मोर्चाले पेस गरेको नौबुँदे नै प्रस्तावका आधारमा समान धारणा खोज्ने प्रयास हुने काँग्ेस महामन्त्री कृष्ण सिटौलाले बताए । सत्तारुढ दलले दुइटै प्रस्तावका आधारमा सहमतिको बिन्दु खोज्ने र सकेसम्म आज एउटा निष्कर्षमा पुग्न प्रयत्न गर्ने सिटौलाले बताए ।