आज पनि दलहरु गम्भीर छलफलमा

पुष २१ , काठमाडौं -संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासमा रहेका प्रमुख तीन दल र मधेसी मोर्चाले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । दलहरुले आज पनि दुइपक्षीय, त्रिपक्षीय र संयुक्त बैठक गरी सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । दलहरुले हिजो विभिन्न चरणमा गरेको छलफलमा कुनै निष्कर्ष ननिस्किएपनि सहमतिको नजिक पुगेको दावी गरेका थिए ।

आज नेपाली काँग्रेस र नेकपा(एमाले) बीच पहिलो चरणको छलफल हुने र त्यसपछि एकीकृत माओवादीसहीत तीन दलको बैठक हुने जनाइएको छ । प्रमुख तीन दलवीचको छलफल पछि मधेशी मोर्चा समेतको सहभागीतामा संयुक्त बैठक बसि सहमतिको पहल गरिने नेताहरुले बताएका छन् । दलहरुले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगातका विषयमा विषय केन्द्रीत छलफल गरेकोले आज सम्ममा कुनै न कुनै सहमति निकाल्ने बताएका छन् ।

प्रमुख विवादित विषयमा सहमति जुटाउन सभाध्यक्ष सुवास नेम्वाङले आज सम्मको समयसीमा दिनुभएकाले सोही अवधिभित्र केही न केही निर्णय गर्नै पर्ने बाध्यतामा प्रमुख राजनीतिक दल रहेका छन् । नेम्वाङले दलहरुले सहमति गर्न नसके आफूलाई मस्यौदा गर्ने अधिकार दिन प्रस्ताब समेत गर्नुभएको थियो ।

यसैविच संविधानसभाका अध्यक्ष नेम्बाङले दलहरुलाई विवादित विषयमा सहमति गर्न दिनुभएको समय सीमा आज सकिदैछ । नेम्बाङले गत विहीबार बसेको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा चार दिन भित्र सहमति गर्न आग्रह गर्दै सो अवधिमा सहमति गर्न नसके आफुलाई संविधानको पहिलो मस्यौदा गर्ने जिम्मावारी दिन आग्रह गर्नुभएको थियो । नेम्बाङको प्रस्ताबको बारेमा विभिन्न दलहरुले पक्ष र विपक्षमा प्रतिक्रिया दिदै आएका छन् । नेपाली काँग्रस र नेकपा –ए्मले) सो प्रस्तावमा सकारात्मक रहेको बताएका छन् भने एमाओवादी र मधेसी मोर्चाल्े भने प्रस्ताव अलोकतान्त्रिक रहेको टिपनि गर्दै आएको छ ।

यसैविच आजको अन्तीम भनिएको संविधान सभाको बैठक पनि भोलीका लागी सारिएको छ । दलहरु विच सहमती ह’ने अपेक्षाका साथ राजनीतिक संवाद तथा सहमति समितीको प्रतिवेदनमाथि भोली अन्तीम छलफल ह’ने भएको छ । भोलीको बैठकमा दलहरुले निष्कर्ष पेस गरुन भन्दै सभाअध्यक्षले आजको बैठक स्थगीत गरी भोलीका लागी बैठक बोलाउँन’ भएको छ ।