विप्लव समुहको केन्द्रिय समितिको बैठक भोली देखि

पुष २० , काठमाडौं – नेकपा माओवादिबाट लोइटिएर गएको विप्लव समुहको केन्द्रिय समितिको बैठक दाङको तुलसीपुरमा बस्ने भएको छ । भोली र पर्सी बस्ने बैठकमा यहि २३ गते देखि २६ गते सम्म तुलसीपुरमै हुने राष्ट्रिय सम्मेलनमा लैजाने एजेण्डाका विषयमा छलफल गर्न लागेको माओवादि दाङका सेक्रटरी बलबहादुर वली शितलले जानकारी दिएका छन् । त्यसका लागि विप्लव लगाएतको टोली आज साँझ सम्म तुलसीपुर पुग्ने र भोली विहानै देखी बैठक सुरु हुने माओवादीले बताएको छ ।