३० दलीय मोर्चाले आफ्नो धारणा आज सार्वजनीक गर्ने

पुष २१ , काठमाडौं – एकीकृत नेकपा माओवादी लगायतका ३० दलिय मार्चाले संविधानका मुख्य विषयमा आफनो धारणा आज सार्वजनीक गर्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व ३० दलिय मार्चाले धारणा परिमार्जन गरेर आज सार्वजनीक गर्ने भएको हाृे । अहिले बिहान ९ बजे सिंहदरबारमा बस्ने बैठकमा हिजो तयार गरिएको अवधारणमा थप छलफल हुने भएको छ ।

राज्यपुनसंर्रचना, राज्यको शासकीय स्वरुप, निर्वाचन पणाली र न्याय प्रणालीका विषयमा लचकता अपनाएर विवादित बिषयमा मोर्चाको साझा धारणा सार्वजनिक गर्ने भएको हो ।
यसअघि ३० दलले १० प्रदेश, मिश्रित निर्वाचन प्रणाली तथा नागरिकबाट निर्वाचित राष्ट्रपतिको अवधारणा सार्वजनिक गरेका थिए ।