सहमति वा प्रक्रिया मतभिन्नता यथावत

पुष १४, काठमाडौ- संविधानसभाको आजको बैठकमा पनि सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफल जारी रहने भएको छ । नयाँवानेश्वरमा रहेको संविधानसभा भवनमा दिउँसो १ बजेबाट प्रतिवेदन माथिको छलफल सुरु हुने संसद सचिवालयका सहप्रवत्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । संवाद समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमाथि झण्डै दुई सातादेखि सभासदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा बोल्ने सभासदहरुको नामावली लामो रहेकाले अझै केहि दिन संविधानसभा बैठकमा भनाइ राख्ने क्रम जारी नै रहने सहप्रवत्ता कुइकेलले बताउँनु भएको छ । हिजो बसेको बैठकमा सभासदहरुले मिश्रित विचार व्यक्त गरेका थिए । सत्तापक्षका सभासद्ले प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए भने प्रतिपक्षी दलका सभासद्ले सर्वस्वीकार्य सहमतिको संविधान बनाउनुको विकल्प नभएको दलीय अडान दोहो¥याए थिए ।