अस्पताललाई अक्सिजन कन्सेन्टेर हस्तान्त्रण

बैतडी-बैतडी जिल्ला अस्पताललाई स्वास्थ्य सेवाबाट निवृत एकजना कर्मचारीले अक्सिजन कन्सेन्टेर उपलब्ध गएका छन् । दशरथचन्द नगरपालिका वडा नं २ मडाला निवासी परमानन्द जोशीले आफ्नी स्व। धर्मपत्नी सरस्वती जोशीको सम्झनामा जिल्ला अस्पताललाई अक्सिजन कन्सेन्टेर उपलब्ध गराएका हुन । उनले १ लाख बढी मूल्य बराबरको कन्सेन्टर उपलब्ध गराएका हुन् । उनले उपलब्ध गराएको कन्सेन्टेटरलाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सभाषद रमेश लेखकले एक समारोहका बीच जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा। गुणराज अवस्थीलाई हस्तान्तरण गरेका छन् ।