निर्माता बिष्ट ‘झुम्की’ बाट निर्देशक बन्ने

काठमाण्डौ-
reshma gurung at jhumki
ऐतिहासिक फिल्म ‘दासढुंगा’ को निर्माण गरेका निर्माता अपिल बिष्टको निर्देशनमा फिल्म ‘झुम्की’ बन्ने भएको छ । फिल्ममा दयाहाङ राई , मनोज आरसी , भोला राज सापकोटा , प्रमोद अग्रहरीसानै ‘कबड्डी’ नायिका रिश्मा गुरुङको अभिनय रहनेछ । सोसल ड्रामा भनिएको यस फिल्मलाई ३ सेड्युलमा छायांकन गरिनेछ ।

पौष , फागुन र भाद्रमा छायांकन सेड्युल तय गरिएको यस फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिच्नेछन् । दाङ , लमही, बुटवल , नारायणघाट , काठमाण्डौ लगायतका स्थानमा छायांकन हेन यस फिल्मला निर्देशक अपिलले कथाको मांग र राम्रो फिल्म बनाउनका लागि ३ सेड्युलमा फिल्मको छायांकन हुहने बताए । ‘हाम्रो प्रयास दर्शकको लागि राम्रो फिल्म दिने हुनेछ त्यसकारण समय लाग्ने छ’ निर्देशक अपिलले फिल्मको बारेमा बताए ।
jhumki
फिल्मको कथा ‘कबड्डी’ निर्देशक राम बाबु गुरुङले लेखेका हुन् । फिल्मको कथाको प्रसंसा गर्दै अभिनेता दायाहाङ राईले भने ‘फिल्मले सामाजिक कथावस्तु उठाउनेछ त्यस कारण पनि म यस बाट आशाबादी छु ।’ फिल्मलाई अपिल बिष्ट प्रोडक्सनको ब्यानरमा विजय बिराज बिष्टले निर्माण गर्दैछन् । सरिता केसी सहायक निर्माता रहेको यस फिल्मको छायांकन आउदो पुस २२ बाट सुरुहुनेछ ।