माघ ८ मा संविधान जारी नभए एमाओवादीलाई ठूलो क्षति

पुस १२, काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी माघ ८ मा संविधान जारी नहुदा त्यसको क्षति एकीकृत माआवादीलाई बढी हुने भएकाले आफूहरु लचिलो भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शान्ति र लोकतन्त्रका लागि पेशागत सन्जाल (पापड)सग आज भएको भेटवार्तामा दाहालले दलहरुबीच कस्तो संघीयता बनाउने भन्नेमा अझै विवाद रहेको बताउनुभयो । संविधान निर्माणमा शतप्रतिशत सहमति नभएपनि धेरैलाई मान्य हुने संविधान जारी गर्नुपर्ने पक्षमा आफूहरु रहेको पनि बताउनुभयो ।

यसैगरी, आजै अध्यक्ष दाहालले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसग पनि भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा उद्योगी–व्यवसायीहरुले बन्द, हडताल जस्ता गतिविधि रोकी उद्योग, कलकारखाना निर्वाध सन्चालनको वातावरण्ँ तयार पार्न आग्रह गरेका थिए ।

उनीहरुले निर्धारित समयमै संविधान जारी नभए मुलुकमा अराजक स्थिति उत्पन्न हुनेतर्फ सचेत हुन आग्रह गर्दै छिट्टै निकासको बाटो निकाल्न पनि दाहालको ध्यानाकषण गराएका थिए ।