न्युयोर्कमा बन्दुकधारीद्धारा दुई प्रहरीको हत्या

पुष ६, काठमाडौँ  – अमेरिकाको न्युर्योमा बन्दुकधारीको गोली प्रहारबाट दुई जना प्रहरी मारिएका छन् । गस्तीमा रहेको प्रहरीको गाडीभित्र रहेका दुई प्रहरीलाई २८ वर्षीय बन्दुकधारी इस्मायील ब्रिन्स्ले गोली प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली प्रहार लगत्तै शववे स्टेशनतर्फ भागेका बन्दुकधारीले आफैलाई समेत गोली हानी आत्महत्या गरेका छन् । घटना लगत्तै न्युयोर्कभर सुरक्षा ब्यबस्था कडा गरी अनुसन्धान थालिएको समाचारमा जनाइएको छ ।