सहमतिमा संविधान बनाउने कुरा खोक्रो आदर्श मात्रै – खनाल

पुष ६, काठमाडौँ-  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमतिका आधारमा संविधान बनाउने कुरा खोक्रो आदर्श मात्रै भएको बताउनुभएको छ । रिपोटर्स क्लबले आज गरेको गरेको साक्षात्कारमा एमाले वरिष्ठ नेता खनालले संविधानसभामा एकीकृत नेकपा माओवादी र मधेसवादी दल बाहेकका अन्य दलले पनि अन्तर्वस्तुमा फरक मत राखेका कारण सहमतिका आधारमा संविधान जारी गर्ने कुरा असम्भव बन्दै गएको बताउनुभएको हो । उहाँले एमाओवादी लगायतका केही दलले आन्दोलन गरेका भरमा संविधान बनाउने काम नरोकिने बताउनुभयो । एमाओवादी र मधेसवादी दल आन्दोलनमा गएपनि आफूहरुसँग संविधान जारी गर्नका लागि आवश्यक मत रहेको खनालले बताउनु भएको छ । उहाँले आफूहरु अझै पनि वार्ता र सहमतिको पक्षमा रहेको भन्दै सात प्रदेशसहितको नौ बुँदे अवधारण्ााँ सहमति नभए दुई तिहाइ बहुमतबाट भएपनि संविधान जारी गरेरै छाड्ने उहाँको दाबी छ । नेता खनालले सबै जातजातिको पहिचान सुनिश्चित हुने गरि प्रदेश बनाइनुपर्ने एमाओवादीको माग प्रतिगामी र दक्षिणपन्थी खालको भएको बताउँदै मधेस र पहाडलाई छुट्याएर प्रदेश बनाउने माग कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।