आतंकवादी संस्थाद्धारा प्रम कोइरालालई धम्कीपुर्ण भाषामा चेतावनी

पुष ४, काठमाडौं-पाकिस्तानको कल्की अवतार फाउन्डेसनका प्रमुख युनुस अलगोहरले प्रधानमन्त्री सुशिल कोईरालालाई ४८ घण्टा भित्र आफ्ना माग पुरा नभए नेपालमा जे पनि हुन सक्ने भन्दै चेतावनी पुर्ण भाषामा  धम्की दिएका छन् । युट्ब मार्फत एक भिडियो सार्वजनिक गर्दै युनुसले आफ्ना कार्यकतालाई सर्सत रिहा गर्न भन्दै चेतावनी दिएका छन् । प्

रहरीले केही दिन अघि मात्रै आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा उनका  ५ सदस्यलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री कोइरालाई सम्बोधन गर्दै चेतावनी दिइएको करिब आधा घण्टा लामो भिडियोमा युएनएचसिआरका नेपालस्थित अधिकारीलाई सम्पर्क गराउन उनले चेतावनी दिएका छन् ।

उनले प्रहरी हिरासतमा रहेका आफ्ना सदस्य युएनएचसिआर प्रतिनिधिलाई बुझाउन नेपालका प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम दिएका छन् । आफ्ना कार्यकर्तालाई  ४८ घण्टाभित्र नछोडेमा नेपालमा जे पनि हुन सक्ने भन्दै कडा शब्दमा नेपालका सरकार प्रमुखका नाममा कडा शब्दमा धम्की दिएका छन् ।