माघ ८ मा संविधान नआए मुलुक दुर्भाग्यको कुहिरी मण्डलले घेरिन्छ : सभामुख नेम्वाङ

पुस ४, काठमाडौँ-संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा ध्रुविकरणमा लागेका दलहरुलाई इगींत गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत हुन आग्रह गरेका छन् । अध्यक्ष नेम्वाङले निर्धारित समयमा  संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलता आवश्यक रहेको समेत औँल्याएका  छन् ।

उनले भने जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, त्यसकारण समयसीमा नजिकिँदै गएकाले दल र तिनका नेतालाई थप क्रियाशील हुन आग्रह समेत गरेका छन् । उनले भने यदी दलहरुले तोकेको समयमा संविधान दिन हेलचक्रर्याइ गरे भने मुलुक फेरी एक पटक दुर्भायको  कुहीरीमण्डलले घेरिने छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा संसद्सँग रेडक्रस विषयक आज आयोजित छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई छिटो सहमतिमा पुग्न आफूले बारम्बार आग्रह गर्दै आएको चर्चा गर्दै अब पनि निर्धारित मितिमा संविधान जारी नहुने हो भने योभन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने धारणा राखेका हुन् ।