सार्वजनिक सवारीको भाडा घट्छः प्रधानमन्त्री

पुष ३, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीका साधनको भाडा तत्काल घट्ने बताउनु भएको छ । विभिन्न १३ विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै कोइरालाले आज मन्त्रिपरिषद बैठकले सवारी साधनको भाडा घटाउने तथा इन्धनको मूल्यवृद्धि समायोजन गर्ने बताउनु भएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन गएका नेविसंघमा प्रवक्ता यूपी लामिछानेले प्रधानमन्त्री कोइरालाले सवारी साधनको मूल्य घटाउन, इन्धनको मूल्यवृद्धिको समायोजन गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिइसक्नुभएको बताउनु भएको छ । आजको मन्त्रिपरिषद बैठकबाट भाडा घट्नेछ ।’ १३ विद्यार्थी संगठनले मूल्यवृ्द्धध समायोजन हुनुपर्ने, सवारी साधनको भाडा घट्नुपर्ने, पूजा बोहराको बलात्कार घटनाका अभियुक्तलाई अदालतले उन्मुत्ति दिएकाले उनीहरुलाई कडा कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै विद्यार्थी संगठनले तत्काल स्ववीयु निवार्चन गराउन पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनले समयमै संविधान जारी गर्ने दबाब सहित संकलन गरेको हस्ताक्षर आजै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई बुझाउने कार्यक्रम पनि रहेको छ ।