अर्जेन्टिनी क्लब सान लोरेन्जा विश्वकप यात्रामा

पौष ३, काठमाडौं-अर्जेन्टिनाको सान लोरेन्जो क्लब मोरक्कोमा जारी क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा ओसियाना समूहको विजेता न्युजिल्यान्डको अकल्यान्ड सिटी एफसीलाई २–१ ले हराउँदै दक्षिण अमेरीकी च्याम्पियन सान लोरेन्जो फाइनलमा प्रवेश गरेको बिबिसीले जनाएको छ ।

दक्षिण अमेरिकी च्याम्पियन सान लोरेन्जोले अब उपाधिका लागि युरोपियन च्याम्पियन रियाल मड्रिडको सामना गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेक्सिकन क्लब क्रुज अजुललाई हराउँदै रियाल मड्रिडले फाइनलमा स्थान बनाएको थियो ।