प्रकृतिक स्रोत भारत निकासा गरेर के बिग्रीएको छ ?

पुष ३, काठमााडौँ-बेला बेलामा उत्पन्न हुने चुरे बिबाद फेरी एक पटक बल्झिने संकेत देखिएको छ ।  अर्थमन्त्री डा रामशरण महतले गिट्टी, ढुंगा, बालुवा जस्ता प्राकृतिक स्रोत भारत निकासी रोक्न नहुने बताएपछि त्यस्तो संकेत देखिएको हो ।  व्यवस्थापिका संसदको विकास समितिको आजको वैठकमा बोल्दै महतले नेपालको गिट्टी, ढुंगा, रोडा र बालुवा भारत निकासी रोक्न आफू सहमत नभएको उनले बताए ।

उनले गिट्टी, ढुंगा, बालुवा लगायतका निर्माण सामाग्री निकासी रोकिदा समग्र अर्थतन्त्रमै गम्भीर असर पर्ने भएकाले त्यसो गर्न नहुने बताउदै बरु व्यवस्थापन गर्न सकिने बताए ।  अर्थ मन्त्रालयको ढुकुटी नै रित्याउने गरी कारोबार बन्द गर्ने माग उचित नभएको उनको तर्क छ ।