अखाद्य वस्तु उत्पादन गर्ने र बेच्ने विरुद्ध नयाँ कानुन आउँदै

पुष ३, काठमाडौँ- सरकारले अखाद्य वस्तु उत्पादन गर्ने र बेच्ने विरुद्ध नयाँ कानुन ल्याउने भएको छ । मन्त्रालयको समन्वयमा कारवाही प्रक्रिया ढिलो र फितलो भएपछि एउटै सयन्त्रबाट कारवाही गर्ने गरि नयाँ कानुन ल्याउन लागिएको हो ।

नयाँ कानुनमा अनुगमन अधिकृतलाई पहिलो चरणको कारवाही गर्न अधिकार दिइनेछ भने जरिवाना १ हजारबाट बढाएर ५० हजारसम्म पुरयाइने भएको छ । सीआइएनसँग कुराकानी गर्दै कृषि मन्त्री हरी पराजुलीले झन्झटिलो कारवाही प्रक्रियालाई अन्त्य गर्न नयाँ कानुन ल्याउन लागिएको जानकारी दिनुभयो । यसअघि वार्णिज्य विभाग, कृषि मन्त्रालमार्फत गृह मन्त्रालयले कारवाही गर्ने व्यवस्था थियो ।

यो प्रक्रिया र कानुन संसोधन गरेर न्यायायीक निकायमार्फत कारवाही गर्ने व्यवस्था गर्न लागिएको पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ कानुनले खाद्यान्नमा देखिएको दण्डहिनता अन्त्य गर्नेछ । यस्तै सरकारले खाद्यअधिकारसम्बन्धी नयाँ विधेयक पनि ल्याउने तयारी गरेको छ ।