राष्ट्रिय पहिचानका लागि शान्ति समाजको अभियान सुरु

पुष ३, काठमाडौँ- मानवअधिकार तथा शान्ति समाजको राष्ट्रिय पहिचानका लागि अभियान आजबाट सुरु हुने भएको छ । ‘राष्ट्रिय पहिचानः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता’ विषयमा विशेष अभियान आजबाट सुरु हुने भएको हो ।

अभियानको पहिलो आजेदेखि विभिन्न जिल्लामा गोष्ठी आयोजना गरिने समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो । जसअनुरूप समाजका जिल्ला शाखाको आयोजनामा आज बाराको सिमरामा र पर्साको वीरगन्जमा, भोली हेटौँडा र चितवनमा, पुस ५ गते नवलपरासीको सुनवलमा, पुस ६ गते वुटलवमा हुने कार्यक्रममा आयोजना गरिनेछ । यसअघि समाजले दलीय प्रतिवद्धता अनुरूप निर्धारित समयमै मानवअधिकारमैत्री संविधान बनाउन आग्रह गर्दै यही मङ्सिर २६ गते नयाँ बानेश्वरमा पहिलो धर्ना कार्यक्रम आयोजना गरेको थियो ।