प्रचण्ड र चिनिया उपमन्त्रीबीच भेटवार्ता

पुुस १, काठमाडौँ-नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टीको अन्तर्रािष्ट्रय विभागका उपमन्त्री छन फङगसियङ र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । दाहाल निवास लाजिम्पाटमा भएको भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध सुधार, नेपालको संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको छ । दाहालसंगको भेटवार्तामा चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट«िय विभागका उपमन्त्री छन फङगसियङले नेपालमा समयमै संविधान जारी होस् भन्ने चीनको चाहना रहेको बताउनुभयो ।

भेटमा सहभागी एमाओवादी नेता कृष्ण्ँबहादुर महराले दुई नेताबीच संविधान निर्माण्ँ र शान्ति प्रक्रियाका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाले चिनिया नेता छङले सन् २०१५ मा समय मिलाएर अध्यक्ष प्रचण्डलाई चीन भ्रमण्ँको निम्तो दिएको बताउनुभयो । चार दिने भ्रमण्ँमा आएको चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधी मण्डलले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलाई पनि भेटेको छ ।