आज धान्यपूर्णिमा नेवार समुदायमा मनाइदै

मंसिर २०, काठमााडौँ-नेवार समुदायले आज धान्यपूर्णिमा तथा योमरी पुन्ही धुमधामका साथ मनाउँदै छन् । नेवार समुदायले आज  दिवाली गर्दै आफ्ना इष्टदेवको पूजा गरी यो पर्व मनाउने गर्दछन् ।काठमाडौँ उपत्यका र विशेष गरी जिल्ला सदमुकाममा रहेका नेवार समुदायले  आफ्नो टोलमा बालबालिकादेखि बुढापाकासम्मले गाएर योमरी माग्ने चलन रहेको छ ।

यस पर्वमा नेवार समुदायका मानिसहरूले आफ्ना इष्टमित्र, साथीभाइ, पाहुनाहरूसंग बसेर खाने र खुवाउने गर्दछन । यसका साथै यस पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदान गर्ने पर्वका रूपमा लिइन्छ ।

नेवार समुदायमा लोकपृय योमरी ९नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो० एक विशेष प्रकारको रोटी हो । यस दिन नेवार समुदायका महिलाहरूले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखेर योमरी बनाउने गर्दछन ।