धर्म केलाई भाक्ने ? : निशा खनाल अर्याल

विश्वभरी भ्रमण गर्ने, नशा भारी बोकी,
वान लाग्यो तरंगको, निष्ठुरी पो हो कि ।
पैरो आई पहाडको, थुनिएछ नदी,
अलपत्र पानी जस्तै, नमाथि न अघी ।

पौरख छन् जाँगरमा, भावनामा इश,
सन्यासमा शान्ति मिल्छ, अज्ञानमा रिष ।

स्वार्थ बढे द्वन्द बढ्छ, प्रक्रितिको रित,
टाढै हुन बेस हुन्छ, ज्यादै प्रिय सित ।