प्रियंका सुटिङ स्थलमै बेहोस भएपछी सुटीगं स्थगित

एजेन्सी-बलीउडकी ब्यस्त नायिका प्रियंका चोपडा सुटीगंकै क्रममा बेहोस भएकी छिन् । चलचित्र  बाजिराओ मस्तानीको लागि सुटिङ गर्नु एकदमै गाह्रो भएको बताएकी नायिका प्रियंका चोपडाले  सो चलचित्रको सुटिङ स्थलमै ढलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय संचारमाध्यमका अनुसार  चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग)  डाइलग बोल्दा बोल्दै उनी बेहोस भएको बताइएको छ । प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको थियो ।