जुमनुले फ्यानलाई पिटेपछि

काठमाडौं-नेपाल पुलिस क्लबका कप्तान जुमनु राईले दर्शक पिटेका छन् । बुधबार पथरी रंगशालामा खेल हेरिरहेका किशोर पराजुलीलाई राईले एक लात र तीन मुक्का हानेका हुन् । राईको पिटाइबाट घाइते पराजुलीको स्थानीय क्लिनिकमा उपचार गरिएको र उनको अहिले अवस्था सामान्य रहेको छ । जुमानु राईका फ्यान समेत रहेका पराजुलीले निराश मुद्रामा भने राम्रो खेल्नकोउसले राम्रो खेल्छ भनेर हेर्न आएको छ मलाई पो बजायो । उनले थपे गेम हेर्न आएको बेकारमा पैसामात्र खेर गयो, पिडीत पराजुलीका अनुसार राइले हारेको झोकमा कुटेका थिए ।