फेर्गुसनमा थप हिंसात्मक प्रदर्शन

बिबिसी- आक्रोशित प्रदर्शनकारीहरुले दर्जनौं कार तथा भवनहरुमा आगजनी गरेको अधिकारीहरुले बताएका छन्
एकजना अश्वेत किशोरलाई गोली हानी हत्या गर्ने गोरा जातिका प्रहरीविरुद्ध मुद्दा चलाउन नपर्ने एउटा समितिको निर्णयपछि अमेरिकाको मिजोरी राज्यको फेर्गुसन सहरमा थप प्रदर्शनहरु भएका छन्। माइकल ब्राउनमाथि गोली प्रहार गर्ने प्रहरी अधिकारी डर्रेन विल्सनविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय उक्त समितिले सोमबार सुनाएको थियो। १२ सदस्यीय समितिले निर्णय सुनाए लगत्तै प्रदर्शनहरु सुरु भएका थिए। प्रहरी र प्रदर्शनकारीहरुबीच सोमबार राति भएका हिंसात्मक झडपपछि पुनः प्रदर्शनहरु भएका हुन्।
समितिको प्रक्रिया एकदमै गलत थियो। माइकल ब्राउनको परिवारको तर्फबाट जसरी हुन्छ, हामी त्यसको विरोध गर्दछौं