मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कात्तिक २७, सुनसरी-सुनसरीको धरानमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धरानबाट इटहरीतिर आउँदै गरेको को ९ प ९८९० नम्बरको मोटरसाइकले धरान–८ स्थित भोटेपुल क्षेत्रको सडकमा पैदल हिँडिरहेको अन्दाजी ५५ वर्र्षीय व्यक्तिलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।