क्रिकेटर धोनी बाबु बन्दै

कात्तिक २७ , एजेन्सी-भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी बाबु बन्ने भएका छन् । अहिले उनी बाबु बन्ने खबरले उनी पहिलो सन्तानको प्रतिक्षामा रहेको भन्दै भारतीय मिडियामा समाचार हेडलाइन बनेको छ । गर्भवती रहेकी धोनीकी पत्नि साक्षी यतिबेला चिकित्सकहरुसँगको भेटमा ब्यस्त रहेको बताइएको छ । सञ्चार माध्यमहरुले साक्षी दिल्लीको वसन्त कुञ्जस्थित अस्पतालका चिकित्सकको निगरानीमा रहेको समेत समाचार श्रोतहरुको भनाइ छ । धोनी र साक्षीले प्रेम विवाह गरेका थिए ।