बैंकमा सुन, बजारमा तस्करी

कात्तिक २३,काठमाडौं-चाडपर्वको समयमा सुनका गहनाको व्यापार अरु बेलाभन्दा दोब्बर हुन्छ । त्यसमाथि यसपाली दसैं हितारमा सुनको भाउ घट्यो । तर पनि विदेशबाट सुन आयात गर्ने अधिकारप्राप्त बैंकहरुमा यो वर्ष सुन झन धेरै थुप्रियो । । नयाँ पत्रिका दैनिकमा समाचार छ । सुनको ब्यापार खस्किएर यस्तो भएको होइन ।

बजारमा सुन खपत हुन थालेपछि बैंकहरुको सुन विक्री नभएको हो । स्रोतका अनुसार ठूला सुन व्यवसायीले तस्करीबाट आएको सुन विक्री गरेका छन् । विमानस्थल र चीनका नाकाहरुमा उच्च तहको सेटिङमा सुन तस्करी हुदै आएको छ ।