रियल मड्रिड र र्बािलोनाद्धारा शानदार जित दर्ता

कात्तिक २३, काठमाडौँ -स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र बार्सिलोना बिजय यात्रातर्फ उन्मुख भएका छन् । गएराती सम्पन्न खेलमा रियल मड्रिडले रायो भल्कानो विरुद्ध ५–१ अन्तरको शानदार जित निकालेको छ । मड्रिडका लागि ग्यारेथ बेल, करिब बेन्जीमा, क्रिष्टीयानो रोनाल्डो, टोनी क्रुस र सर्जियो रामोसले १–१ गोल गरेका थिए । यसैबिच यसअघिका दुई खेलमा निरन्तर खराब प्रर्दशन गर्दै  हार बेहोरेको बार्सिलोनाले गएराति अल्मेरियालाई २–१ गोल अन्तरले हराएको हो । एक गोलले पछि रहेको अवस्थालाई उल्टाउँदै अल्बा र नेयमारको गोलमा बार्सिलोनाले जित हात पारेको हो । बासिर्लोनाले सन् २००३ देखि लगातार तीन खेल हारेको छैन ।