होइन भने शहरमै बन्दुक पड्कीन्छ : नेता बिप्लव

कात्तिक २३, चितवन-चितवन, नेकपा–माओवादी भित्रको पनि क्रान्तिकारी र फरह धार मानीएका माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने चेतावनी दिएका छन् ।उनले  पार्टीनिकट सङ्गठन क्रान्तिकारी पत्रकार महासङ्घ चितवनले नारायणगढमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुल्लारुपमा हुन्छ । यो पटक गाउँमा होइन सहरमा बन्दुक पड्कनेछन्’ उनले भने, ‘राज्यको सेतो बन्दुकमात्रै हामीलाई मान्य छैन, रातो बन्दुक पनि चाहिएको छ ।’

माओवादीले फेरि बन्दुक बोक्न लागेको नबुझ्न आग्रह गर्दै नेता चन्दले राज्यको व्यवहारका कारण सम्भव हुने बताए । ‘राज्यको कारणले युद्ध सम्भव हुन्छ । विश्वको शक्तिशाली मुलुक अमेरिकाविरुद्ध त युद्ध भएको छ भने नेपालमा युद्ध हुनु अस्वाभाविक छैन’, उनले भने, ‘‘युद्धबाट जनता तर्सेका छैनन्,